टप खबर

‘हेलमेट लगाउनुस्’ भन्दा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

Lumbinikhabar Online

पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई अभद्र व्यवहार गरेका हुन्।

हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो।

पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।

शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ।

‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उहाँलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने।

पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्।

उनले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ? कहीँ रोकेको छ मलाई? भनेका थिए।

हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ‘हेलमेट लगाउनुस् भन्दा धेरै बोलेपछि हामीले केही बेर होल्ड गरेका हौँ’ ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले रातोपाटीसँग भने–‘प्रहरीमाथि हातपात भएको अवस्था छैन तर, बोलीचाहिँ छुद्र थियो ।’

Tags

छुटाउनु भयो कि ?