टप खबर

गुडिरहेको गाडीमा ढुङ्गा खस्दा ९ जनाको मृ,त्यु, पुल नै भाँच्चियो

Lumbinikhabar Online

गुडिरहेको गाडीमा माथिबाट अचानक ढुङ्गा खसेपछि भारतको हिमाचल प्रदेशमा पर्ने किन्नाैर भन्ने ठाउँमा ९ जनाको मृ,त्यु भएको छ । भ,यंकर ढुंगाहरू खसेर एक पुल नै भाँ,च्चिएको छ भने गाडी कि,चिएर ९ जनाको ज्या,न गएको हाे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार भएको उक्त दु,र्घटनामा परी मु,त्यु हुनेमा पर्यटकहरु रहेका छन् । उनीहरू दिल्लीका बासिन्दा रहेको र आन्तरिक भ्रमणमा गएको बेला सो दु,र्घटना भएको बताइएको छ । तीन जना घा,इते भएको समाचारहरूमा उल्लेख छ ।

घ,टनाको जानकारी पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दु,र्घटनामा मृ,त्यु हुनेका परिवारप्रति स,मवेदना व्यक्त गर्दै आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।

यसैगरी हिमाचलका मुख्यमन्त्री जाइराम ठाकुरले यो घ,टना निकै दुःखद रहेको भन्दै पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ढुंगा के कारणले खस्यो भन्ने स्पष्ट भइसकेको छैन, तर आवश्यक अनुसन्धान भइरहेको छ । भारी वर्षा भइरहकेकाले खसेको हुनसक्ने जनाइएको छ । तर उक्त ढुंगाहरू पनि घाम लागेकै बेला सुख्खा रूपमा खसेकाे भिडियाेमा देखिन्छ ।

Tags

छुटाउनु भयो कि ?