टप खबर

शिशिर भण्डारीलाई एक्कासी के भयो ?

Lumbinikhabar Online

कलाकार तथा सँचारकर्मी शिशिर भण्डारी एक्कासी बिरामी परेका छन् । हिजो उनले सामाजिक सन्जालमा राखेका केहि तस्विरहरुले उनी अस्वस्थ रहेको खबर बाहिरिएपछि शिशिरलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै धेरैले शुभकामना दिए । शिशिरको फेसबुक टिकटकमा के भएको हो भनी धेरैले जिज्ञासा व्यक्त गरे । बिपि प्रतिस्ठानको हस्पिटलको बेडबाट उनले फोटो राखेका थिए । यसैबिच शिशिर भण्डारीले आफ्नो भ्लग मार्फत आफ्नो स्वास्थय अवस्थाको जानकारी दिएका छन् ।

शिशिर भण्डारीको श्रीमतीले बनाएको उक्त भ्लगमा शिशिरले सबैलाई आफु ठिक रहेको बताउँदै आफुलाई सुस्वास्थ्यको कामना दिनुहुने सबैलाई धन्यवाद दिए । साथमा आफुलाई त्यति ठुलो समस्या नभएको भन्दै उनले चिन्ता नलिन आग्रह गरे । शिशिरले उक्त फोटो हालेपछि धेरैले सुटिँगको फोटो हो कि भन्ने आशंका गरे । कुराकानीकै बिच शिशिरले नयाँ प्रतिभा एलिना उदासको गीत रेकर्ड गर्न आजै बाहिरि निस्कन्छु भन्दा शिशिरकी श्रीमती अप्सरा रोईन् ।

Tags

छुटाउनु भयो कि ?