टप खबर

पतिबाट अलग्गिइन् पूर्व पोर्नस्टार मिया

Lumbinikhabar Online

पूर्व एडल्ट फिल्म अभिनेत्री मिया खलीफा सामाजिक सञ्जालको सेन्सेशन नै हुन् । दुई वर्षअघि मियाले आफ्नो विवाहको खबर सार्वजनिक गरेकी थिइन् । यिनै अभिनेत्रीले पति रोबर्ट सेण्डबर्गसँग अलग्गिने निर्णय लिएकी छन् ।

मियाले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट शेयर गरेकी छन् । जहाँ उनले आफ्नो वैवाहिक जीवनलाई अगाडि बढाउने धेरै प्रयास गरे पनि प्रयास असफल भएको उल्लेख गरेकी छन् । उनले पतिसँग अलग्गिने निर्णय लिनुअघि थेरापी पनि लिएको खुलाएकी छन् ।

‘हामी विश्वासका साथ भन्छौं कि हामीले आफ्नो विवाह गर्नका लागि सबै गर्यौं । तर एक वर्षको थेरापी र प्रयासका बाबजुद हामी यो निर्णय लिएका छौं कि हामी एक मिल्ने साथी हौं । हामीले विवाह बचाउन धेरै कोशिस गनै गर्यौ । हामी जहिल्यै प्रेम र एकअर्काको सम्मान गर्नेछौं’,उनले लेखेकी छन् ।

उनले आफूहरुको वैवाहिक जीवनलाई बिना कुनै पछुतो बन्द गरिरहेको र दुवैजनाले नयाँ जीवनको सुरुवात गर्ने जनाएकी छन् ।

आफूहरु अलग्गिएको घोषणा गर्नु केही दिन अघि खलीफाले आफ्ना पति रोबर्ट सेण्डबर्गको इन्स्टाग्राममा एनिभर्सरीको शुभकामना दिएकी थिइन् । मियाको पहिलो विवाह सन् २०११ र २०१४ को बीचमा भएको थियो । तर उनले कहिल्यै पनि आफ्नो पतिको बारेमा कुनै जानकारी दिइनन् ।

Tags

छुटाउनु भयो कि ?