टप खबर

नेपाली राजनीति अहिले सहि बाटोमा

Lumbinikhabar Online

-डा.डी.आर.उपाध्याय,

सत्तारुढ पार्टीमा बढ्दै गएको बिग्रहले राष्ट्रिय राजनीतिले नयाँ गति लिएको छ । पछिल्लो समयमा आइपुग्दा शेर बहादुर देउवा , माधव नेपाल , पुष्पकमल दाहाल, उपेन्द्र यादव , बाबुराम भट्टराई लगायतका नेताहरुको एउटै मन हुन पुगेको छ ।

राजनीतिमा कति खेर के हुन्छ केहि भन्न सकिदैन । यो त समयको खेल हो । कुनै बेला ओली र दाहालको एउटै मन भएर पाटी सम्म मिल्न पुग्यो । त्यो पनि लामो समय सम्म टिक्न सकेनन् । राजनीति समय अनुसार उल्टो पाल्टो भैरहन्छ । यो इतिहास देखि हुदै आएको छ । दुईतिहाई बहुमतको सरकार पतन भएको छ । यो एउटा ऐतिहासिक घटना बनेको छ । यस घटनामा नायक र खलनायक छन । यो कुरा नेपाली जनताले बुझेर बसेका छन ।

एकपछि अर्को राजनीतिक र संबैधानिक घटना घटदै आए । नेपाली राजनीतिमा सबै ब्यहोर्नु पर्ने रहेछ । यद्यपि, आफूले गरेको मात्रै सत्य र अरुले गरेजति सबै षड्यन्त्र देख्ने प्रवृत्तिले गर्दा यो परिस्थिती आएको हो । सर्वोच्च अदालतको फैसलाले नेपाली राजनीति सहि बाटोमा फर्किएको छ । २०७७ फागुन ११ को फैसलाले संसद् पुनस्र्थापित गरिदियो । पुनस्र्थापित त्यही संसद् दोस्रो पटक विघटनको शिकार बन्यो । दोस्रोपटक पनि संसद् पुनस्र्थापित भयो । र देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । मुलुकमा संविधानको सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागी पाँच दल एक भएर उभिए ।

यो सरकारलाई विश्वासको मत दिएर पाँच दलले लोकतन्त्र बचाएको छ । यो बचाउनु दलहरुको कर्तव्य र संवैधानिक दायित्व पनि हो । एमाले नेता माधव नेपाल शक्तिशाली बन्दै गएका छन । माधव नेपालले नआटेको भए ओली सरकार ढल्ने थिएन । यसका बारेमा माधव नेपाललाई कुनै पछुतो लागेको छजस्तो लाग्दैन । एमालेका दुई खेमामा विभाजित दुई नेता माधव नेपाल र खड्ग ओलीमध्ये राजनीतिक संस्कार माधव नेपालमा देखिन्छ ।

पार्टीभित्रबाट अनेक खालका दबाब सिर्जना गर्दै गर्दा माधव नेपाल विलकुल विचलित ुभएनन् । नयाँ प्रधानमन्त्रीको स्वागत गर्नु राजनीतिक संस्कृति हो । संसदीय परम्परा हो । यो सामान्य जिम्मेवारी पूरा नगरेर ओलीले राजनीतिक संस्कार भुले । ओलीको त्यो अशिष्टतालाई सबैले मूल्यांकन गरेर बसेका छन । राजनीति समयको खेल हो । को कुन बेला सत्ता वा प्रतिपक्षमा हुन्छ, त्यो भन्नै सकिदैन । नागरिक अभिमतमा मात्र निर्भर नहुने रहेछ ।

ओलीलाई दुईतिहाई बहुमत नपचेर यो खेल भएको हो । खेलमा ओली हारेका छन । काँग्रेसलाई सरकारमा आउने कुनै रहर थिएन , यो बाध्यता र समयको माग हो । तत्कालीन सत्तारुढ पार्टीका नेताहरूकै अहं र हठले परिस्थितीमा बदली ल्यायो । अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति मौलाउँदै जानु नै समस्या हो । यस्ता समस्या राजनीतिमा आउन दिनु हुदैन । राजनीतमा लेन देनको हिसाव राखियो । बिगतमा लेन देनको हिसाव नमिल्दा राजनीति गलत दिशा तर्फ गयो । अव त्यस्तो हुन नदिन नेताहरु गम्भिर भएर लाग्नु पर्छ ।

Tags

छुटाउनु भयो कि ?