बलिवुड

‘बजरंगी भाईजान २’को तयारी

Lumbinikhabar Online

अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ ।

सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३ सय २० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । फिल्म रिलिजको अहिले ६ वर्ष पुरा भएको छ । फ्यानहरु फिल्मको सिक्वेल अर्थात ‘बजरंगी भाईजान २’को माग गरिरहेका छन् ।

फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले आफूले केही समय अघि ‘बजरंगी भाईजान २’को कथा सलमानलाई बताएको खुलाएका छन् । ‘कथा सुनेपछि सलमान उत्साहित भएका छन् । तर म यसलाई अगाडि बढाउनका लागि एउटा उपयुक्त साधनको खोजीमा छु’, उनले भनेका छन् ।

उनले सलमानसँग आफूले आकस्मिक भेटेको र आफूलाई फिल्मको सिक्वेलको बारेमा बताउदा सलमानले ‘एक राम्रो विचार’ भनेको स्मरण गरे ।

सलमान हाल अभिनेत्री कटरीना कैफका साथ फिल्म ‘टाइगर–३’को सुटिङ गरिरहेका छन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका छन् । फिल्ममा इमरान हासमी प्रमुख भिलेनका रुपमा छन् ।

Tags

छुटाउनु भयो कि ?