टप खबर

“अब म बाच्दिन होला भेट्न आऊ ” : पल्पसा डङ्गोल

Lumbinikhabar Online

कुर्मराज आचार्य ,

चर्चित हास्य टेलिशृङ्खला मेरि बासैकि बरिस्ठ कलाकार पल्पसा डङ्गोल ´चम्सुरी ´ जीवन र मृत्युको दोसाँधमा छिन । मृगौलामा देखा परेको समस्याका कारण उनी यतिबेला महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा मृत्यु संग लडिरहेकि छन् ।
करिब २५ बर्ष जति कलाकारितामा जीवन बिताएकी चम्सुरी मेरि बास्सै हास्य टेलिशृङ्खला, सपनाको डर, डस्बिन लगायतका थुप्रै टेलि शृङ्खलाहरुमा अभिनय गर्दै आएकी हुन । उनले दुइवटै मृगौला फेल भएपछि केही दिन अघि आफू बाच्न नसक्ने अबस्था आएको भन्दै आफ्ना सहकर्मीहरुलाई भेट्नका लागि आग्रह गरेकी थिइन । कलाकार सुरबिर पण्डित `दारिबा´ मार्फत उनले आफ्ना सहकर्मीहरुलाई सूचना दिन आग्रह गरेकी थिइन् । त्यसपछि थुप्रै कलाकार, आफन्तजन र सुभचिन्तकहरु उनलाई भेट्न हस्पिटल सम्मै पुगेका छन ।

पाँच बर्ष अघि देखि नै मृगौलाको बिरामी उनी आफ्नो बिरामको बारेमा कसैलाई पनि थाह नहोस र छोरीहरूले पनि थाहा नपाउन भनेर कैले सुगर त कैले कोलेस्ट्रोल भएको भन्दै औषधि सेवन तथा चेक जाँच गर्दै आएकी थिइन् ।

परिवारमा कुरा नमिले पछि आफ्नो श्रीमान देखि छुट्टै बस्दै आएकी चम्सुरीका दुइवटा छोरीहरू छन । उनले कलाकारिता पेशा अपनायर नै छोरीहरूको लालनपालन र शिक्षादिक्षाको लागि संघर्षरत उनी अहिले आफ्नो उपचारका लागि हस्पिटलको शैयामा छिन।
लामो समयदेखि मृगौलाको बिरामी उनी हिम्मतवाली नारी हुन । तर अहिले उनको दुबै मृगौलाले काम गर्न छाडेपछि मृत्युदेखि डराइरहेकी छिन । उनले आफू बाच्न सक्ने अवस्थामा नरहेको भन्दै आफ्ना सहकर्मी तथा आफन्तजनहरुलाई ” अब म बाच्दिनहोला भेट्न आउ “भनेर बोलाएपछि मात्र उनको अवस्था बारे जानकारी लिन सहकर्मी आफन्तजन तथा शुभचिन्तकहरु हस्पिटल सम्म पुगि सान्त्वना दिदै स्वास्थ्य लाभको कामना गरिरहेका छन ।

घरको आर्थिक अबस्थाले दुबै मृगौला फेर्न नपुग्ने भएपछि कलाकार चम्सुरीलाई थप पिडाले दुखाइरहेको छ तेसका लागि देश तथा बिदेशमा रहनु हुने नेपाली आमाबुबा दाजुभाइ तथा दिदी बैनी संग हारगुहार गरिरहेकि पल्पसा आफू सन्चो भएपछी फेरि दर्सकहरु सामु चम्सुरीको रुपमा देखिन चाहेको बताउछिन ।

Tags

छुटाउनु भयो कि ?