टप खबर

गर्भवती देखिन कृतिले बढाइन् १५ किलो तौल

Lumbinikhabar Online

फिल्म ‘मीमी’को ट्रेलर सार्वजनिक भएपछि अभिनेत्री कृति सेननको कामको जताततै चर्चा भइरहेको छ । फिल्ममा कृति एक सरोगेट आमाको भूमिकामा छिन् । फिल्ममा उनका साथ अभिनेता पंकज त्रिपाठी छन् ।

अभिनेत्री कृति आफ्नो भूमिकालाई निकै चुनौतीपूर्ण मान्छिन् । किनकी उनी यो फिल्ममा पहिलोपटक गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् ।

उनले गर्भवती देखिनकै लागि १५ किलो तौल बढाएकी थिइन् । हालैमात्र उनको ट्रान्सफर्मेशनवाला भिडियो सार्वजनिक भएको छ । भिडियोमा कृतिले आफ्नो तौल बढाउनका लागि के के खानेकुरा खाएकी छन् भन्ने प्रष्ट देख्न सकिन्छ ।

कृतिका अनुसार गर्भावस्थाको शुरुवाती ३ महिनामा तन्दुरुस्त देखाउनका लागि निर्देशकले सारा खानेकुरा खुवाएका थिए ।

कृतिले आफूले चक्लेट, चिप्स र गुलियोजन्य पदार्थ सबै खाएको खुलाइन् ।

Tags

छुटाउनु भयो कि ?