टप खबर

मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

नेपाल कृषिप्रधान देश हो । तर हामी अझै कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । किसानहरु बर्ष भरी काम गरेर उनीहरुलाई छ महिना खान पुग्दैन । किसानका समस्या धेरै छन । यो पेसा श्रमको पेसा हो । श्रम नगरी खान पुग्दैन । पछिल्लो समयमा आएर किसान व्यावसायिक बन्न खोज्दैछन्। कुनै ठाउँमा किसानले उत्पादन गरेको चिजले बजार पाउँदैन । बजार नपाए पछि किसान मर्कामा पर्छन । धेरै जसो पहाडी भेगमा यो समस्या छ ।

कहिले बीउ त कहिले मलको अभाव झेल्ने गरेका छन किसान । किसानका यी समस्या सरकारले बुझनु पर्छ । उत्पादन समयमा बिक्री गर्न नपाउँदा किसान चिन्तित बनेका हुन्छन । अहिले धान रोप्ने बेला हो किसानलाई मलको अभाव छ । किसानले खोजे जति मल पाउन सकेका छैनन् । यो समस्या अहिले देखिएको छ । पछिल्लो समय मल हाल्नु किसानका लागि रहरभन्दा बाध्यता भएको छ । उत्पादन धेरै गर्न मलको आबश्यक हुन्छ । मल बिना उत्पादन कम हुन्छ ।

रासायनिक मल प्रयोग गर्न किसानलाई सरकारकै संयन्त्रले सिकाएको हो । निरन्तर रासायनिक मलको प्रयोगका कारण मलबिना उत्पादन थोरै हुने गर्छ । खेतवारीमा मल राखिएन भने उत्पादन आधाले घट्ने अवस्था छ। रासायनिक मलले माटो बिग्रिएको छ। गाई भैसीको मल किसानलाई पुग्दैन । पहिला जस्तो गाई भैसी पाल्न मान्छेले छोडेका छन । जसले गर्दा किसान रासायनिक मलकै प्रयोग गर्न बाध्य छन्।किसानलाई चाहिने समयमा मल अभाव हुने गरेको छ ।

हुन त यो कुरा नेपालमा कुनै नौलो बिषय होइन। नेपालमै उत्पादन नहुने भएकाले यसको आयातमा बाहिरी मुलुकको भर पर्नुपर्छ। हाम्रो माग छ , किसानले समयमा मल पाउनु पर्छ । यो बिषयमा सरकारले ध्यान दिनुपर्छ। नेपालमा सधैं मलको हाहाकार हुने गर्छ । अव नेपालमा रासायनिक मलको उद्योग सञ्चालन गर्ने विषयको पनि अध्यायन गर्नुपर्छ। नत्र यस्तो समस्या पुस्तौंपुस्ताले पुनः नभोग्लान् भन्न सकिँदैन। जब धान खेती गर्ने समय हुन्छ, किसानले मल पाउँदैनन्। यो कस्तो समस्या हो ।

किसानले चाहेको समयमा रासायनिक मल कहिले पर्याप्त पाएका छैनन्। यो वर्ष पनि धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको देशभर अभाव हुँदा किसान पिरोलिएका छन्। धान खेतीको सुरुआतमा र गोड्ने समयमा मल आवश्यक पर्छ। धान रोप्ने समय भएकाले अहिले अरू रासायनिक मल डीएपी र पोटासभन्दा युरिया मलको माग उच्च छ । थप मल आयात नहुँदा किसानले दुःख पाएका छन्। यस वर्ष पनि पहाड र तराईमा खेतीको सिजन चलिरहेको छ । किसानहरु मलबिना रोपाइँ गर्नुपर्ने बाध्यतामा छन्। मलबिना खेती गर्दा उत्पादन घटने हुँदा किसान चिन्तित छन । आफनो लगानी खेर जाने पीर किसानमा छ।

Tags

छुटाउनु भयो कि ?