टप खबर

समाजवाद उन्मुख अर्थतन्त्र संकटमा

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

यति बेला जनताको आवाज उठाउने ठाँउ छैन । देशमा प्रतिनिधिसभा विघटन छ । देशमा उत्पन्न राजनीतिक संकट गहिरिदो छ । अहिले दलहरु आआफ्ना शक्ति प्रदर्शनमा लागीरहेका छन । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट्ने फुट्ने फेरि जुट्ने कुरा कुनै नौलो कुरा होइन ।

लेन देनको कुरा नमिले पछि यस्तो हुन्छ । भएको त्यहि हो । नेकपा एमाले लेन देनको कुरा मिले पछि फेरि मिल्न सक्छ । यसलाई कुनै ठूलो कुरा बनाउनु जरुरी छैन । पछिल्लो समय नेकपा एमालेका के पी ओली र माधव नेपाल समूह दुइ खेमा बीच एक अर्का माथि गालीगलौज चलेको छ । यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन ।

भावि पुस्ताले यिनीहरुबाट के सिक्ने ? जनताको कुनै चिन्ता छैन । आफनो स्वार्थका लागी नेताहरु एक आपसमा लडेका छन । देश र जनताको भलाईका लागी यिनीहरु लडेका होइनन। यो भ्रममा कोही नपरौं । आफनो स्वार्थका लागी नेताहरु झगडा गरिरहेका छन । एउटा उच्च शीर्षस्थ नेताले अरू नेताहरूमाथि अराजक अश्लील शब्द प्रयोग गर्नु राम्रो कुरा होइन ।

विगतमा पनि यस्तै राजनीतिक किचलो भई शत्रुतापूर्ण अवस्थामा पुगेका राजनीतिक दलबीच पुनः कार्यगत एकता र, एकीकरण भएका उदाहरण थुप्रै छन । अहिले नेकपा एमालेमा जुन किसिमको छ त्यो कुर्सीका लागी हो । झगडाको राजनीतिले मुलुक पछाडि परेको छ । नेकपा एमालेका दुवै खेमा मिलेर जादा मुलुक र पार्टीको हितमा हुन्छ ।

मुलुकको हितका लागी नेकपा एमाले मिल्नु पर्छ । नेकपा एमाले नमिले सम्म देशमा संकट समाधान नहुने संकेत देखियो । अहिले आत्मनिर्भरता , विकास र,समृद्धिका कुरा ओझेलमा परेका छन । रोजगारीका अवसर गुमेका छन । समाजवाद उन्मुख अर्थतन्त्र संकटमा छ । त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ । कोरना भाइरसको माहामारीले बितेको वर्ष मानवजातिलाई त्रासमा जिउन बाध्य बनायो । अहिले पनि त्यस्तै बनायो ।

अहिले कोभिड–१९ विरुद्ध खोप प्रयोगमा आएको कुराले केही सन्तोष मिलेको जस्तो देखिन्छ । तर, यसले भाइरसलाई पूर्ण रूपमा निस्तेज र निष्कृय बनाउँछ भन्ने कुरामा अझै विश्वस्त हुन सक्ने अवस्था भने छैन । लोकतन्त्र प्राप्तिपछि जनताका अपेक्षाहरु पुरा भएका छैनन । जनता असन्तुष्टि छन । देशमा सिर्जनात्मकभन्दा ध्वंशात्मक प्रवृत्ति हावी हुदै गएको छ ।

यसले देशलाई गलत बाटो तर्फ लाने हो की भन्र्ने चिन्ता बढाएको छ । अव यस कुरामा सबैले ध्यान दिनु पर्ने जरुरी देखिएको छ । यदि समयमा नै उत्पन्न समस्या समाधान गर्न सकिएन भने देशको भविश्य अन्धकारमा फस्ने निश्चित छ । देशको गतिशीलतालाई रोक्ने पवृति हावी हुदै छ ।

अव उत्पन्न यावत समस्याहरु समाधान नभएमा यसले ठूलो विकृति, विखण्डन र सामाजिक सद्भावमा विग्रह ल्याउने सम्भावना देखिन्छ । अव दलहरूले आफ्नो दलभित्रको अन्तरविरोध वा द्वन्द्वलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नु पर्छ । राजनीतिक नेतृत्व निजी गुटगत वा निश्चित समुहको हितमा लाग्दा देशको भविश्य बर्बाद हुदैछ ।

यस अवस्थाले मुलुक प्रतिगमनतिर जाने खतरा आउन सक्छ । यस्तो अवस्थामा सबै दलहरु जिम्मेवार हुनु पर्छ । अव नेकपा एमालेका दुवै खेमाका नेताहरु देश र जनताको हितमा सशक्त भूमिका खेल्नुपर्ने आबश्यकता देखिएको छ । प्रतिपक्ष नेपाली कांग्रेसत पनि गम्भिर हुनु पर्ने देखिएको छ । दलहरू आन्तरिक कलहमा अल्झिनु राम्रो संकेत होइन ।

Tags

छुटाउनु भयो कि ?