बायो र अन्तर्वार्ता

कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै क्षितिज सुबेदी (टाटे मित)

Lumbinikhabar Online

दोलाखा जिल्लाको सुन्दर नगरी जिरीमा जन्मिनु भएका विनोद सुबेदी (टाटेमितज्यु ) नेपाली चलचित्र क्षेत्रमा लाइट म्यानको रुपमा नेपाली कथानक चलचित्र सुन्दर मेरो नाम बाट प्रवेश गर्नुभयो। सुन्दर मेरो नाम , जीवन मृत्यु , कुसुमे रुमाल भाग २ , फर्केर हेर्दा चलचित्र सम्म प्रकाश व्यवस्थापक हुदै खुसि, प्रितीको फूल, मायाज बार, मुटु, अध्याय आदि चलचित्र मा सहायक छायाँकार को रुपमा काम गर्दै हंसिया चलचित्र बाट निर्माण व्यवस्थापक को रुपमा काम गर्नु भयो।

अत्यान्तै मिजासिलो र मेहनती विनोद सुबेदी (टाटेमितज्यु )नेपाली चलचित्र बिरबिक्रम मा कलकार को रुपमा पनि देखिनु भयो। अभिनेता दयाहांग राइ , अर्पण थापा अनुप बिक्रम शाही संग को पहिलो चलचित्र बिरबिक्रम मा वहा ले राम्रो अभिनय गर्नु भयो। उक्त चलचित्रमा टाटेको भुमिकामा दर्शकहरुलाई मजाले हसाउनुहुने टाटे निर्देशक मिलन चाम्स लाइ आफ्नो अभिभावक र मार्गदर्शक मान्नु हुन्छ ।

टाटेजीले नेपाली चलचित्रहरु हंसिया ,बिरबिक्रम , ब्लाइण्ड रक्स , लिली बिली, ह्याप्पी डेज , बोबी , पासवर्ड , बिर बिक्रम २ , गुर्खा वारियर २ , डेसान लगायत चलचित्र हरु मा कलाकार साथसाथै निर्माण नियन्त्रक को पनि जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। बिरबिक्रम २ मा पल साह , नाजिर हुसेन , बर्षा शिवाकोटी , बुद्धि तामाङ्ग संगसंगै उहांलाइ हास्य कलाकार को भूमिका मा देख्न सकिन्छ। चलचित्र विरविक्रम २ मा मुख्य खलपात्र वुद्दी तामांगको सहयोगी कागे वनेर दर्शकको खुवै मन जित्नुभयो ।

टाटेजी सरलता र आफ्नो काम प्रति को मेहेनत ले सबै संग सजिलै घुलमिल हुनुहुन्छ ।चलचित्र छायांकनको क्रममा उहां जापान, नर्वे, बेलायत , भारत, टर्की, अजरबैजानमा गएर आफ्नो काम गरिसक्नु भएको छ । २ वटा भोजपुरी चलचित्र पाकिस्तान मे जय श्री राम , ले आईव दुलहनिया पाकिस्तानसे मा समेत भारतमा नेपाली टिम लगेर निर्माण नियन्त्रकको काम गर्नुका साथै करिव २ सयवटा नेपाली म्युजिक भिडियोमा निर्माण व्यव्स्थापन र केहि म्युजिक भिडियोमा अभिनय पनि गर्नुभएको छ ।

अब छिट्टैनै नेपाली कथानक चलचित्र डेसानमा पनि वहाको छोटो भूमिका देख्न सकिन्छ। उहां निर्माण व्यवस्थापक रहेको चलचित्र गोर्खा वारिअर २ को सुटिंग अव लकडाउन पछि हुने तयारीमा छ । पछिल्लो समय नेपाली टेलीचलचित्र हल्का रमाइलो मा टाटे मितज्युको सानो भुमिकामा उहांलाइ देख्न सकिन्छ।नेपाली हास्यक्षेत्रका स्थापित कलाकार/ निर्देशक वल्छी धुर्वे र राजु मास्टरलाई आफ्नो कलाकारिता क्षेत्रको गुरु मान्ने टाटे मितज्युलाई कलाकारिता क्षेत्रमा सफलता मिलोस हाम्रो शुभकामना ।

Tags

छुटाउनु भयो कि ?