फिल्म र संगीत

‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक

Lumbinikhabar Online

प्रेम र समर्पणलाई चित्रण गरिएको गीत ‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा प्रवीण बेडवालले आवाज भरेका छन् ।  भिडियोमा नायक श्रीदेव भट्टराई र मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?v=7nJvX99vNKE
ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा विमला तामांगको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?