टप खबर

साल्ट ट्रेडिङ कर्पोरेशनले आजबाट विहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्न बिक्री गर्ने

Lumbinikhabar Online

साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबारदेखि सामान विक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्र को समय परिवर्तन गरेर विहान ७ देखि ९ बजेसम्म बनाएको छ । यसअघि विहान १० वजेदेखि दिउँसो ३ बजेसम्म विक्री गर्दै आएकोमा सरकारले घोषणा गरेको २० प्रतिशत छुटको सामान विक्री गर्नथालेसँगै विक्री केन्द्रमा भीड थेग्न नसकेपछि समय परिवर्तन गर्नुपरेको कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनले गएको शुक्रबारदेखि उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्रमार्फत प्रतिपरिवार (पाँच जनासम्म) का लागि (ग्यास एसटीसी) एक सिलिण्डर, आटा, तेल, चिनी, नुनलगायतका सामानमा यसअघि विक्री गर्ने मूल्यमा २० प्रतिशत छुटमा विक्री गर्दै आएको छ । छुटको सामान किन्न कर्पोरेशनका विक्री केन्द्र १० बजे मात्रै खुल्ने भए पनि उपभोक्ता विहानै ८ बजेदेखि लाइन लाग्ने गरेका छन ।
खाद्यान्न र ग्यास किन्न आउने उपभोक्ताको भीडले गर्दा कोरोनाको जोखिम झनै बढ्ने भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आग्रहमा पसल खुला हुने समय विहान मात्रै तोकिएको हो  । कर्पोरेशनले उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्र कालीमाटी, सतुंगल, जडीबुटी, भक्तपुर र जाउलाखेलबाट उक्त विक्री सेवा दिर्दै आएको छ ।

Tags

छुटाउनु भयो कि ?