मनोरन्जन

भाईपरको“म हेरिमा रहनेछु”सार्बजनिक(भिडियो)

Lumbinikhabar Online

नयाँ शैलिको संगित मन पर्नेले सुन्नै पर्ने गीत “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ” अहिलेको समयमा युवा पुस्तामा रुचाइने संगित “आर एण्ड बि” शैलिको गीत हो ।

हालै मात्र सामाजिक सञ्जाल तथा युट्युब मा सार्बजनिक भएको लिरिकल भिडियो सहित संगितको नयाँ स्वाद पस्किने कोसिस इटहरी निवासी कवी राईले गरेका छन्, उन्लाई सार्बजनिक रुपमा भाईपरको उपनामले पनि चिन्ने गर्दछन ।

लामो समय देखी भाईपर मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन । गीत संगितसंगै भाईपर अरु धेरै प्रतिभाका पनि धनी छन ।उनी बिट बक्सिङ, लिरिकल हिप अप डान्स, बिबोईङ डान्समा नि निकै पोख्त छन ।

स्थानिय लगाएत देशका अन्य धेरै शहरहरुमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने उन्को प्रस्तुती धेरै रुचाईने पनि गरिएको छ । जस्को कारण उनि प्राय यस्ता कार्यक्रममा आयोजकको रोजाइमा पर्ने गरेकाछन ।बिगत ७ बर्ष भन्दा बढी समय देखी निरन्तर यस क्षेत्र लागिरहेका भाईपरसँग दर्जनौं स्टेज कार्यक्रमको अनुभब पनि रहेकोछ । हाल सार्बजनिक गीत भाईपरको पहिलो गीत भने हैन, उनिले यस्ता दर्जन भन्दा बढी गीतहरु तयार रहेको पनि बताएका छन र ति गीतहरु भबिस्यमा बिस्तारै सार्बजनिक गर्दै जाने योजना रहेको पनि बताए ।

अहिलेको गीतमा कस्तो दर्शक श्रोताको कस्तो प्रतिकृया आउँछ त्यही अनिरुप आफु अगाडीका प्रस्तुतिहरु पस्किने उनको सोच रहेको छ । तत्कालालाई भने छिट्टै अर्को एउटा गीत सार्बजनिक गर्ने तयारिमा आफु रहेको र सो गीत भने म्युजिक भिडियो सहित सार्बजनिक गर्न लागिएको पनि उनले बताए । सोको लागी भने अहिलेको महामारिको परिस्थिती अलि सहज हुने समय सम्म कुर्न पर्ने भाईपरले जानकारी गराए ।

Tags

छुटाउनु भयो कि ?