फिल्म र संगीत

गायिका प्राश्ना शाक्यको नयाँ गीत‘भाग्य लेख्ने मसी’सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

गायिका प्राश्ना शाक्य आफ्नो स्वरको नयाँ गीत ‘भाग्य लेख्ने मसी…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । उक्त गीतमा शक्ति बल्लभको संगीत तथा शान्तिराम भट्टराईको शब्द रहेको छ ।

उक्त गीतमा मनोहर सुनामको संगीत संयोजन रहेको छ । उक्त गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका छन् । यो गीतको भिडियो स्टुडियोमा रेकर्डिङको अवस्थामै तयार पारिएको छ ।

सुरेश पन्तको छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?