टप खबर

दक्षिण कोरियाले दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गरेको छ

Lumbinikhabar Online

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइकामार्फत पीसीआर परीक्षण किट सहयोग गरेको नेपाली दूतावासले जानकारी दिएको छ ।

शूक्रबार नै उक्त किट नेपाललाई हस्तान्तरण भैसकेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क छङसुकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?