कोभिड-१९

पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि र १०१ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?