टप खबर

सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै

Lumbinikhabar Online

 

कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो । कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । विविध विषयअन्तर्गत वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्नेबारे पनि छलफल हुन सक्ने स्रोतले बतायो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन गर्ने बताएका थिए । संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको पूर्वतयारीका लागि भन्दै संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?