टप खबर

नेपाली प्रशिक्षक अल्मुताइरीले चिनियाँ ताइपेईमाथि जित फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीलाई समर्पित गरे

Lumbinikhabar Online

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियाली विश्वकप छनोट समूह बीमा चिनियाँ ताइपेईमाथि प्राप्त जित कोरोना महामारी रोकथामका लागि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।

नेपालले चिनियाँ ताइपेईमाथि २–० को प्रभावशाली जित निकालेको हो । कोभिड संक्रमण महामारीकै कारण नेपालले आफ्नो घरेलु मैदानमा हुनुपर्ने खेल खेल्न पाएको छैन । अहिले कुवेतमा खेलिरहेको छ ।

अल्मुताइरीले भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘चिनियाँ ताइपेईले पनि आज निकै राम्रो खेल्यो । खेल निकै महत्त्वपूर्ण थियो र यसमा विपक्षी टिमलाई आश्चर्यमा पार्न हामीले नेपाली टिममा केही परिवर्तन गरेका थियौं,’ उनले थपे, ‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो र हाम्रो टिम उत्तिकै महत्त्वपूर्ण रह्यो ।’

Tags

छुटाउनु भयो कि ?