टप खबर

थपिए ५३१६ जना कोरोना संक्रमित, १०१ को मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा  ७२१९ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्।

यस्तै, १ लाख १ हजार ९९३ जना कोरोना संक्रमित उपचाररत छन्।

Tags

छुटाउनु भयो कि ?