टप खबर

दरबार हत्याकाण्डको २० वर्ष पुरा, घटना अझै रहस्यमय

Lumbinikhabar Online

नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ ।

२०५८ साल जेठ १९ गते साँझ राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको सम्पूर्ण परिवारको वंशनाश भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी निर्मम तरीकाले हत्या गरिएको थियो । उच्च सुरक्षा घेराभित्र राजपरिवारको नै हत्या हुनुलाई निकै रहस्यमय रुपमा हेरिएको छ ।

आजसम्म उक्त हत्याकाण्ड, किन र के को लागि भएको थियो भन्ने पत्तो लाग्न सकेको छैन । घटनापछि तत्कालिन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । समितिले युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली प्रहार गरेको र पछि आफैँलाई गोली प्रहार गरी मृत्यू भएको भन्ने प्रतिवेदन पेश गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?