टप खबर

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

Lumbinikhabar Online

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बिहीबार राति कोरोना संक्रमित ५४ वर्षीय व्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू हुन् । उनको मृत्युसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?