टप खबर

एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताए

Lumbinikhabar Online

नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । बिहीबार नेता बिष्टले ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् ।

बुधबार माधव नेपाल पक्षीय १५ नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम विरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य रहेको विज्ञप्तिमा हस्ताक्षर गरेका विष्टले ०७५ जेठ २ मा फर्किएर पार्टी एकता गर्ने बारेमा आफूहरू अन्तिम समयसम्म तयार रहेको स्पष्ट पारेका हुन् ।

Tags

छुटाउनु भयो कि ?