टप खबर

कोरोना माहामारीको भयाबह अबस्था र लकडाउन हुन्छ, तबसम्म सहयोग गरिरहने छु:डा. रेणु शर्मा

Lumbinikhabar Online

देशमा कोरोनाको नयां भेरियन्टको महामारीले देश थलिएको अवस्था छ । दैनिक मृत्यदर र संक्रमितको संख्या बढिरहेको छ । महामारीमा नागरिकको जीउ ज्यान जोगाउन र संक्रमितको उपचारका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु कुनै कसर बांकी नराखी उपचारमा तल्लिन छन ।

मान्छेको असली रुप भनेको संकटको बेला परिक्षण गरिन्छ भने झै स्वास्थ्य संकटमा स्वास्थ्यकर्मीको असली रुप छर्लङ्ग भएको छ । महामारीको बेलामा फ्रन्टलाईनमा खटिने चिकित्सकले गरेको योगदानको जति नै प्रशंसा गरे पनि कम हुन्छ । अझ त्यसमा पनि आफुले पाउने सम्पूर्ण पारिश्रमीक समेत कोरोना बिरामीहरुलाई सहयोगको घोषणा गरिएको भन्दा हामीलाई पत्याउनै गाह्रो हुन सक्छ, तर यो सत्य हो । नेपालगंज मेडिकल कलेजमा कार्यरत डा. रेणु शर्माले यस किसिमका सहयोग गर्ने घोषणा गरेकी हुन ।

सुर्खेत वडा नं. ६ निवासी पिता प्रेम शर्मा र माता मिना शर्माकी सुपुत्री डा.रेणु शर्मा संग यसै सेरोफेरामा रहेर हामीले  गरेको कुराकानीको सानो अंश :

प्रश्न:  तपाई स्वास्थ्यकर्मीको हिसावले संक्रमितको उपचारमा अहोरात्र खटिनै रहनु भएको छ , त्यो आफै निकै ठूलो सहयोग हो, त्यस माथि आफुले पाउने पारिश्रमीक नै सहयोगको घोषणा गर्नु भयो वास्तविकता बताईदिनुस न ?

उत्तर :- प्रश्नको लागि धन्यवाद, घोषणा भन्दा पनि स्वास्थ सेवा बाहेक मेरो ब्यक्तिगत तर्फ बाट केही सानै भएपनी सहयोग गर्न सके भने यो कोरोना माहामरिको भयाबह अवस्थामा कसैलाई ठुलो राहातको महसुस हुन सक्छ भनेर बिरेन्द्रनगर वडा नं. ६ भित्र रहनुभएका शारिरिक अपाङ्गता भएका ब्यक्तिहरूलाई लकडाउन अबधी भरी खाद्यान्न दिने तयारी गरेकि हुं ।

प्रश्न -प्रशासनले लकडाउन अबधी हाललाई जेठ १५ सम्मलाई मात्र भनेर सुचना जारि गरेको छ, लकडाउन अबधि भरी भन्नाले अब ४ दिन मात्र बाकि रह्यो । ४ दिन सम्मलाई मात्र हो की ? कहिले सम्मलाई हो ,तपाईको यो अभियान ?

उत्तर :-हो अब लकडाउन नलम्बिय ४ दिननै बाकि रह्यो तर मेरो यो अभियान हाललाई ४ दिनको लागि मात्र नभएर जबसम्म कोरोना माहामारीको यो भयाबह अबस्था र लकडाउन हुन्छ तबसम्म म सहयोग गरिरहने छु ।

प्रश्न : तपाईं यो अभियानमा अरू कसैको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पाउनु भएको छ ?

उत्तर :-हजुर पाएको छु , यो अभियानको मेरो प्रेरणाको श्रोत नै मेरो बाबा प्रेम शर्मा हुनुहुन्छ । बाबा पेशागत रूपमा ब्यवसाय गर्नुका साथै एउटा सफल चलचित्रकर्मि पनि हुनुहुन्छ । मेरो पारश्रमिक मैले सहयोग गर्ने भनेको छु । लकडाउन लम्बिदै गएर मेरो पारिश्रमिक ले नपुग्ने अबस्था आयो भने पनि एलिना टायल मार्वलको सहयोगमा यो अभियानलाई हामी निरन्तरता दिने छौ ।

 

डा.रेणु शर्मा को भनाइ

राष्ट्र अहिले संकटको बेलामा छ जसले जसरी जुन स्थान बाट हुन्छ सहयोग गरौं । धेरै पहिले सुनेको गित हो, नेपाली हामी रहौला काहाँ नेपालै नरहे भनेजस्तै नेपालै कहां रहला नेपाली  नरहे भन्ने अवस्था आएको छ । आत्मबल कसैले नगिराउ एकजुट भएर लागौ र कसैले यो अभियान मा साथ सहयोग दिन चाहेमा देब्रे हातले दिएको दाईने हात लाई थाहा नहोस भन्ने सोच भएकाले मात्र सहयोग गर्न आग्रह गर्दछु । सुरक्षित रहौं नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाऔं ।

 

छुटाउनु भयो कि ?