टप खबर

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो,थप कडाइ

Lumbinikhabar Online

काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप्दै जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेको हो । भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

थप गरिएको निषेधाज्ञा जेठ १४ गते शुक्रबार बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुर प्रजिअ निरौलाले बताए । शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । अहिले बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ । उनका अनुसार तरकारी पसल भने बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रजिअ भट्टराईको भनाइ छ । एकसाताको परिस्थिति हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

Tags

छुटाउनु भयो कि ?