कोभिड-१९

शेर बहादुर देउबा को सिसिएमसी को काम प्रति प्रश्न, प्रधानमन्त्रि लाइ बुझाए प्रतिबेदन

Lumbinikhabar Online

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। पार्टीका नेताहरूसहित आज सिंहदरबार पुगेका देउवाले प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्। उक्त पत्रमा देउवाले कोरोना फैलिनुमा सरकारको चरम लापरवाही र अर्कमण्यता जिम्मेवार रहेको उल्लेख गरेका छन्। ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, संवेदनहीनता र अर्कमण्यता जिम्मेवार छ। सरकार न विगतका गल्तीबाट सिक्छ न कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सुझाव र सल्लाह आत्मसाथ गर्छ,’ देउवाले भनेका छन्। स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक सचिवको स्थान खालि राखेर सरकारले मन्त्रालयको प्रभावकारितालाई कमजोर पारेको आरोप देउवाको छ। सिसिएमसिको भूमिकाबारे पनि देउवाले प्रश्न उठाएका छन्। ‘कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ,’ देउवाले भनेका छन्, ‘कोरोनाको पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरूपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको छ।’

सरकारसँग राज्यको स्रोत साधन र संयन्त्र भए पनि जनताका पक्षमा प्रभावकारी काम नगरेको देउवा बताउँछन्। कोरोना संकटका बेला गम्भीर भएर काम गर्न पनि उनले माग गरे। सबै नागरिकलाई खोप लगाउन देउवाको माग छ। अस्पतालहरूमा शय्यादेखि अक्सिजनलगायत सामग्री व्यवस्थापन गर्न सरकारले जोड दिनुपर्ने देउवाले उल्लेख गरेका छन्।

Tags

छुटाउनु भयो कि ?