आर्टिकल्स

यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

देशमा पटक पटक राजनीतिक परिवर्तन भए र ब्यवस्था पनि बदलीय तर दुख्खको कुरा जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । पछिल्लो राजनीतिक परिवर्तन पछि आएको यो ब्यवस्थामा जनताको अवस्थामा केही परिवर्तन आउँछकी भन्ने आम जनतामा केही अपेक्षा थियो ।

तर जनताका ती अपेक्षाहरु अझै पुरा हुन सकेका छैन । आज देशमा जुन व्यवस्था छ , यो ब्यवस्थामा जनताको भाग्य र भविश्य सुन्दर हुनुपर्दथ्यो । तर यहाँ नेता र जनप्रतिनिधिहरुको मात्र भाग्य र भविश्य सुन्दर छ । अरुको छैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि भइरहेको छ, त्यसले वास्तवमा नेपालीहरूको भविश्य बन्ने देखिदैन ।

मुलुकको विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना केवल भ्रम मात्र भइरहेको छ । व्यवस्था परिवर्तन हुँदा जनताको भाग्य र भविश्य किन निर्माण हुन सकेन ? आज उठने प्रश्न भनेको यो हो । व्यवस्था अनि व्यवस्थासँगै परिवर्तित भएका पात्र, जनप्रतिनिधिहरु नै इमानदार भएनन् । समस्या यहाँनिर छ ।

जनतालाई भ्रम दिएर भोट बटुल्ने र जनताको आडमा चुनाव जित्ने चुनाव जितिसकेपछि जनतालाई वास्ता नगर्ने ? यो कस्तो राजनीति हो ? जनताको जनमतको प्रतिनिधित्व गर्ने भएरै जनप्रतिनिधि भनिएको हो । जनप्रतिनिधिको काम कर्तव्य भनेकै जनताको सेवा गर्नु हो ।

जनताको आवाज बुलन्द गर्नु हो । बिकास निर्माणका काममा अग्रणी भूमिका निर्वाह गर्नु हो । तर, बिडम्बना जनताको अपेक्षा बमोजिम काम हुन सकेनन् । यिनै जनप्रतिनिधिबाट सञ्चालित सरकारलाई जनताको आफ्नै शासन पनि भन्ने गरिन्छ ।

यी जनप्रतिनिधिहरुले जनताको सुखदुःखमा महत्वपूर्ण भूमिका खेल्नु पर्छ । तर, विडम्बना खै जनताको सुखदुःखमा महत्वपूर्ण भूमिका खेलेको ? एकपटक होइन पटकपटक यिनै जनप्रतिनिधिमाथि कयौं भ्रष्टाचारका आरोप लागिराखेका समाचार आउँछन ।

आरोपित कतिपयका भ्रष्टाचार प्रमाणित भएर सजायसम्म काटिरहेका छन् भने कतिपयका मुद्दा न्यायालयमा विचाराधीनको अवस्थामा छन् । हिजो हामी जस्तै गरिव भएका देशहरु आज बिकास र सम्पन्नताको हिसावले कहाँ देखि कहाँ पुगि सके । हामी भने हिजो जस्तो अवस्थामा थियौं ।

आज पनि त्यही अवस्थामा छौ । हामी कहिले अघि बढने ? ती राष्ट्रवाट हामीले कहिले पाठ सिक्ने ? जुन देशमा जनप्रतिनिधिहरु अनुशासित हुन्छन ति देशहरुले छिटो बिकासको फडको मारेका छन । उनीहरु भष्टाचार गदैनन् , अनुशासनमा बस्छन ।

त्यसो भएर नै उनीहरुको देश सम्पन्न भएको हो । वास्तवमा नै राष्ट्रलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा माथि उठाउने भनेको जनप्रतिनिधिहरुले हो । यसमा उनीहरुको प्रमुख भूमिका रहेको हुन्छ । खराब भ्रष्ट जनप्रतिनिधिका कारण देश माथि उठन सकेन ।

देश पछाडि पर्नुको मुख्य कारण भनेको भ्रष्टाचार र कुशासन नै प्रमुख हो । जनताका जनप्रतिनिधिका करोडौं सम्पत्ति छन । तिनका घरघडेरी, गरगहना, मोटरगाडी आदि देख्दा पनि लाज लाग्छ । के तिनका तलब भत्ताबाट यति धेरै सम्पत्ति जोडन सम्भव छ ? छैन । जनप्रतिनिधिका नाममा घुस खानु, कमिसनको बार्गेनिङ गर्नु भनेको जनताको अपमान हो । हिजो जुत्ता चप्पल राम्रोसंग लगाउन नसक्ने आज आलिसान महलमा बस्ने भएका छन् ।

कयौं ठेक्कापट्टाका मालिक भएका छन् । अनि कसरी हुन्छ देशको बिकास ? यिनले शासनसत्ताको चरम दुरुपयोग गरिरहेका छन । आफ्नो व्यक्तिगत विकास गरिरहेका छन् । नेपाली जनता भने अभावमा बाँच्न बाध्य छन् ।मुलुकमा जे भइरहेको छ, ठिक भइरहेको छैन । अव सुधारको आबश्यकता छ । आज देश कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । दिनहुँ दिन सयौंका संख्यामा मानिसले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ ।

हजारौंको संख्यामा संक्रमण बढिरहेको छ । हजारांैले हस्पिटलमा बेड नपाएर बिरामीलाई एम्बुलेन्समा राखी काठमाडौंको निजीदेखि सरकारी अस्पतालको गेटगेटमा पुगी बिन्ती चढाइरहेका छन् । उता अक्सिजन नपाएर कयौं बिरामीको ज्यान गएको छ ।

लकडाउनका कारण गरिब र निमुखा जनताको खाना नपाएर बिजोग छ । यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ? कोभिड–१९ बाट बच्न हिजोका दिनमा गरिएका पूर्वतयारीका विधि यो दोस्रो चरणमा झन तीव्र रूपमा अगाडि बढाउनुपर्ने हो । हिजोका कमीकमजोरीबाट पाठ सिक्दै झन् प्रभावकारी तवरले अगाडि बढनु पर्ने होइनर ? खै त्यो देखिएन ।

आफ्नै जनप्रतिनिधिबाट आयात गरिएका औषधिजन्य वस्तुमा चरम घोटाला भएका समाचार आउँछन । यस्तो अवस्थामा जनप्रतिनिधिबाट हामी अरु के आशा गर्न सक्छांै ? आज भ्रष्टाचार र अक्षमताले विकराल स्थिति ल्याएको छ ।

राज्यस्तरबाट व्यवस्थापनमा कौशल नहुनु यसको प्रमुख कारण हो । हाम्रा स्थानीयस्तरका प्रमुखले एउटा बेडसम्म उपलब्ध गराउन नसकेका समाचार आउँछन । जनता अप्ठ्यारोमा परेका बेलामा हो सहयोग गर्ने भनेको । अरु बेला त आफै गरि खान्छन ।

Tags

छुटाउनु भयो कि ?