कोभिड-१९

चीनले नेपाललाई अनुदानमा दिएको स्वास्थ्य सामग्री बोकेका गाडीहरु नेपालको तातोपानी नाकातर्फ प्रस्थान

Lumbinikhabar Online

चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् । महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका अधिकारीले बताए । तातोपानी नाकाका भन्सार अधिकृत नारद गौतमले ती सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने बताए । गौतमले अनलाइनखबरसँग भने, ‘उताबाट सामान आउने जानकारीमा आएको छ, हामी त्यसैको प्रतीक्षामा छौं । यहाँ आउनासाथ ती सामान हामी फास्ट ट्र्याकमा पठाउँछौं ।’ कुन–कुन सामान कति–कति परिमाणमा आउँदैछन् भन्ने जानकारी आफूहरुसम्म नआइपुगेको उनले बताए ।

तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । ‘स्वास्थ्य मन्त्रालयलाई चीनले सामान हस्तान्तरण गरेपछि सुरक्षित साथ छिटो पठाउने प्रक्रिया अघि बढ्छ,’ भन्सार अधिकृत गौतमले भने ।

Tags

छुटाउनु भयो कि ?