फिल्म र संगीत

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

संगीतको दुनियामा आफ्नो सुमधुर स्वर लगायत विभिन्न गीतहरूमा संगीत दिदैँ आफ्नो कलालाई निखार्दै आउनुभएका चर्चित गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको शव्दमा तयार भएको गीतलाई स्वयं सुरेन्द्रले संगीत र जिबित जल्मीले एरेन्ज गरेका हुन । सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोलाई भने गायक रवि सुवेदी तथा राज मर्हजनले संयुक्त रुपमा गरेका छन । रत्न शोभा मर्हजनले सम्पादन तथा रवि सुवेदीकै छायांकन रहेको भिडियोमा गायक सुरेन्द्र तथा मोडल सरिता बज्राचार्यको अभिनय रहेको छ ।

भिडियो गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्यूब च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक भएको छ । संगीत क्षेत्रमा केही अलग मिठास दिने हेतुले तिरन्तर नेपाल भाषामा गीत लिएर बजारमा आईरहेका सुरेन्द्रले कडा परिश्रम र मिहिनेतका साथ एक महिना भित्रमा तीनवटा गीत नेपाल भाषामा सार्वजनिक गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?