समाचार

त्रिपुरासुन्दरीका मेयरको कोरोनाका कारण काठमाडौंमा निधन

Lumbinikhabar Online

कोरोना महामारीका कारण डोल्पा जिल्लामा दुई दिनको फरकमा दुई जना नेताको ज्यान गएको छ । पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिन नबित्दै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मेयर बुढाको निधन भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले नेपाल प्रेसलाई बताए ।

Tags

छुटाउनु भयो कि ?