कोभिड-१९

कोरोन संक्रमितको चापले गर्दा भिम अस्पताल भैरहवाले अक्सिजन पुराउन नसक्ने

Lumbinikhabar Online

भीम अस्पताल, भैरहवाले कोरोना संक्रमितहरुलाई अक्सिजन पुर्‍याउन नसकिने बताएको छ र, बिरामीका आफन्तलाई आफैं जोहो गर्न आग्रह गरेको छ ।
अस्पताल प्रशासनले शुक्रबार दिउँसो सूचना निकालेर संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने अवस्था आएको बताएको छ ।

अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार दैनिक ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएपनि २०० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ । ‘आधा घण्टा तलमाथि भयो भने धेरै विरामीको ज्यान जान सक्ने खतरा भयो’ डा. पोखरेलले भने, ‘हामीले थेग्नसक्दासम्म त व्यवस्था गरेकै थियौं । केही उपाय नलागेपछि बिरामी र आफन्तले वैकल्पिक व्यवस्था गरुन् भनेर सूचना निकालेका हौं ।’

Tags

छुटाउनु भयो कि ?