फिल्म र संगीत

चर्चित गायक दिनेश गौतमको स्वर तथा संगीत रहेको गीत ‘टाढा भयौ’ को भिडियो सार्वजनिक

Lumbinikhabar Online

चर्चित गायक दिनेश गौतमको स्वर तथा संगीत रहेको नयां गीत ‘टाढा भयौ’ को भिडियो सार्वजनिक भएको छ । भवानी ईन्टरटेनमेन्टकको प्रस्तुती तथा संचारकर्मी सुमित रजक तथा बिष्णु थापाको निर्माण रहेको भिडियोमा मोडल तथा संचारकर्मी सोनीत राज ढुङ्गेल तथा मोडल अस्मिता ढुङ्गाना , मोडल हरि ठकुरी, कृष्णकान्त ठाकुर लगायतको उत्कृष्ट अभिनय रहेको छ ।

कवि तथा गीतकार समेत रहेका पुस्तक प्रसादको निर्देशन रहेको भिडियोको कथा निकै मर्मस्पर्शी रहेको छ । छायांकार रिवाज पौडेलको छायांकन रहेको भिडियोको सम्पादन रामले र प्रडक्सन कन्ट्रोलर सन्तोष कार्कीले गरेका छन भने अमित रजकले छायांकनमा साथ दिएका छन । लक्ष्मी थापाको शव्द रचना रहेको गीतको म्यूजिक प्रोग्रामर एसके बच्छाको रहेको छ ।

Tags

छुटाउनु भयो कि ?