कोभिड-१९

कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन्

Lumbinikhabar Online

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्। मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणपछि घरमा नै आइसोलेसनमा बसिरहेका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। ८ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार आएर उनी वैशाख १७ गते शुक्रबार घर फर्केका थिए।

अस्पतालबाट फर्केर सामाजिक सञ्जालमा भिडियो सन्देश पठाएका श्रेष्ठलाई केही दिनमै श्वास फेर्न असहज भएको छोरा एमन श्रेष्ठले बताए।
उनका अनुसार श्रेष्ठको अक्सिजन लेभल ८५ आसपास पुगेको थियो। त्यसैले उनलाई फेरि अस्पताल लगिएको
एमनका अनुसार मदनको उपचारमा ‘रेमडेसिबिर’ औषधि चलाइएको छ।

मदनले पहिलो चरणको कोरोना भ्याक्सिन पनि लगाइसकेका छन्। मदनका परिवारका बाँकी सदस्यको स्वास्थ्य अवस्था पनि राम्रो रहेको एमनले बताए।

Tags

छुटाउनु भयो कि ?