समाचार

नेपालमा हालसम्मकै धेरै संक्रमित फेला, १४ हजार ४०३ जनाको पीसीआर परिक्षण गर्दा ५ हजार ७६३ जनामा संक्रमण

Lumbinikhabar Online

शनिबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १४ हजार ४०३ जनाको पीसीआर परिक्षण गर्दा ५ हजार ७०६ जनामा र ५६६ जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा गरी ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप १९ जनाको मृत्यु भएको छ ।

थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार २८७ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८२ हजार ८९२ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २९८ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ६७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २४ लाख ८८ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?