समाचार

२४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण, थप ३३ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३३ जनाको मृत्यु भएको छ ।

बिहिबार थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१ जनाको पीसीआर परिक्षण गर्दा ५ हजार ६५७ जनामा र ५२५ जनाको एन्टीजेन परिक्षण गर्दा ७० जनामा गरी ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २७९ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ५५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?