आर्टिकल्स

कोरोना संग खेलवाड नगरौं

Lumbinikhabar Online

डा.डिआर उपाध्याय,

अहिले देशमा फेरी कोरोनाको त्रास फैलिएको छ । यसमा मनोवल कमजोर बनाउने होइन, उच्च मनोवलका साथ सामाना गर्ने हो । कोरोना संक्रमण दिन प्रतिदिन बढदै गएको छ । आफनो सुरक्षा आफै गरौं । कोरोना संग खेलवाड नगरौं । कोभिडका रोगीको संख्यामा वृद्धि भइरहेको छ । यो दोस्रो लहरको प्रवेश हो । अब के गर्ने भन्ने सम्बन्धमा सरकार गम्भिर बनेको देखिन्छ । तर सरकारको मात्र एकल प्रयासले केहि हुदैन ।

सरकारलाई सवैले सहयोग गरौं । सरकारले यो गरेन र उ गरेन भनेर अलमलिने बेला अव छैन । आ आफनो ठाउँवाट कोभिडको सामाना गरौं । यो एउटा बिपत हो । यो बिपतको सामना गरेर अघि बढौं । कोभिडले बालबालिकालाई बढी प्रभाव पारेको खबर आइरहेका छन्। योभन्दा पहिले देखापरेको कोरोनाले केटाकेटीलाई कम प्रभाव पारेको भनिन्छ । पहिलो लहरको कोरोनाले ज्येष्ठ नागरिकलाई बढी आक्रमण गरेको थियो ।

तर दोस्रो लहरको कोरोनाको प्रभाव बढी मात्रमा २० वर्षमुनिका व्यक्तिमा परेको छ । त्यसैले गर्दा स्कुल बन्द गर्नु पर्ने बाध्यता आयो । यो रोगवाट बच्न हामीले समयमै सावधानी अपनाउने काम गरौं । यो रोग बढी घातक मानिएको छ । छिमेकी देश भारतमा दिनको दुई लाखभन्दा बढी रोगी देखिएका छन्। पश्चिमा देशमा दोस्रो, तेस्रो र संयुक्त राज्य अमेरिकामा त चौथो लहरले सम्म प्रवेश गरेको पाइएको छ । इटालीजस्ता केही देशले बन्दाबन्दीसम्म गरेका छन् । अमेरिका जस्ता अन्य देशले सामान्य सावधानीका उपाय अपनाएका छन ।

सरकार र राजनीतिक दल मिलेर यसको सामाना गर्नु पर्छ । यस्तो बेलामा एक अर्काबिच हानथापको राजनीति गर्नु राम्रो हुने छैन । ओली सरकारलाई सहयोग गरेर अगाडि बढेमा कोभिडलगायत सबै समस्या समाधानमा सफलता हासिल गर्न सकिनेछ। अहिले नेपालमा जुन किसिमले कोरोना बढेको छ , यो चिन्ताको बिषय हो । मुख्यतः भारतबाट नेपाल प्रवेश गरेका मानिसबाट आएको संक्रमणले यो फैलिएको बताइन्छ ।

त्यसकारण सीमामा कडाइ गरिनुपर्छ। यो रोग संग कसैले हेलचेक्राइँ गर्ने काम नगरौं । हेलचेक्राइँले गर्दा यो स्थिति आएको हो भन्ने बुझनु पर्छ । नेपाल सरकारले अहिले भएको भयावह परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक कदम चाँडै चाल्नु पर्छ । भीड हुने खालका क्रियाकलाप कसैले नगरौं । बिहे, वर्तन आदि कार्यक्रममा सरकारले तोकेको भन्दा बढी जम्मा हुने काम नगरौं । यस्ता कार्यक्रममा न्यूनतम २५ जाना भन्दा बढी जम्मा हुन नपाइने सरकारले निर्देशन गरिसकेको छ ।

माक्स लगाउने, सावुन पानीले मिचि मिचि हात मुख धुने, सेनिटाइजर प्रयोग गर्ने, एक अर्काको पर–पर रहने जस्ता काम गर्न कहिले नभुलौं । सार्वजनिक यातायातमा एक अर्का बीच दुरी कायम गरौं । सामाजिक दुरी कायम राख्न नभुलौं । अवको यो भयावह परिस्थितीमा आफै सुरक्षित हुने बेला हो । समाजमा कोभिड सम्वन्धि सवैलाई जनचेतना जगाऔं ।

Tags

छुटाउनु भयो कि ?