टप खबर

सिन्धुलीका तीनवटा वडामा एक साता लकडाउन

Lumbinikhabar Online

सिन्धुलीको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ।

यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए।

दुर्घटनामा दुधौली नगरपालिका–४ डकाहा निवासी प्रहरी जवान २६ वर्षीय यमकुमर दनुवार, उनका भतिजा १३ वर्षीय आशिष कुमर र नौ वर्षीय बालक अदित कुमर दनुवारको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवान पदमा कार्यरत रहेका प्रहरीले जनाएको छ।

सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

कमलामाई नगरपालिकाको भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना स्थलबाट प्रहरीले उठाएर उनीहरुलाई जिल्ला अस्पताल सिन्धुली पुर्याएको थियो। अस्पतालका डाक्टरले उनीहरुको बाटैमा मृत्यु भएको घोषणा गरेका छन्।

Tags

छुटाउनु भयो कि ?