टप खबर

चट्याङबाट चार जनाको मृत्यु, चार घाइते

Lumbinikhabar Online

गएको २४ घण्टामा देशका विभिन्न भागमा परेको चट्याङका कारण चार जनाको ज्यान गएको छ।

चट्याङका कारण चार जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार मोरङ, खोटाङ, भोजपुर र रौतहटमा चट्याङबाट एक-एक जना गरी चार जनाको ज्यान गएको हो।’

मोरङको कानेपोखरी गाउँपालिका–२ दलेली बस्ने वर्ष ४३ की महिला, खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–६ बासथला बस्ने वर्ष ६९ का पुरुष, भोजपुरको आमचोक गाउँपालिका–९ दुम्वाना बस्ने वर्ष १२ का बालक र रौतहटको गुजरा नगरपालिका–८ जैयराजपुर ७ पल्टुवाका वर्ष ४० का पुरुषको चट्याङबाट मृत्यु भएको हो।

यस्तै, भोजपुरको आमचोक गाउँपालिका–७ बसाई टोल बस्ने वर्ष ३० की महिला, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ चिलाउनेका वर्ष १८ का दुई किशोर र सल्यान कालिमाटी गाउँपालिका–२ भानटाकुरास्थित एक घरमा पाहुना आएका वर्ष ३८ का पुरुष चट्याङ लागी घाइते भएका छन्।

प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा गरी चट्याङका १० वटा घटनामा मानवीय तथा भौतिक सम्पतिमा क्षति पुगेको छ।

Tags

छुटाउनु भयो कि ?