आर्टिकल्स

उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं

Lumbinikhabar Online

डा.डिआर उपाध्याय,

आजभन्दा करिब डेढ वर्षअघि चीनको वुुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण क्रमशः विश्वव्यापी फैलिँएको हो । यसले महामारीको रूप लिएको थियो । शक्तिशाली राष्ट्रहरुलाई समेत यसले थप चुनौती दिँदै आयो । कोरोनाले धनी गरीव कसैलाई पनि छोडदैन । र छोडेन पनि । यतिबेला नयाँ प्रजातिको संक्रमण देखिएको छ ।

जसले गर्दा आमनागरिकमा एक खालको त्रास उत्पन्न भएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक लाखांैको संख्यामा देखिएको संक्रमणको उच्चतम दरले विश्वलाई नै एकखालको चुनौती दिइरहेको छ । खुला सीमानाका कारण सहजरुपमा आउने जाने भईरहदा नेपाल त्यसबाट बढी प्रभावित भएको छ ।

सीमानाकामा कडाई गरौं । कोरोनाका कारण बिगत बर्षमा लामो समयसम्म स्कुल , कलेज बन्द रहेका थिए । अहिले पनि त्यही स्थिती दोहोरिएको छ । देशको अर्थतन्त्र फेरी डामाडोल हुने होकी भन्ने चिन्ता पनि थपिएको छ । यो बेला कोभिडको यो भयावहले फेरि एकपटक सवैलाई झस्काएको छ । नेपालको शिक्षा क्षेत्र देखि सवै क्षेत्रलाई कोरोनाको दोस्रो लहरले थप चिन्ता बढाएको छ ।

सवै भन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित हुन सिकाउने बानीको बिकास गरौं । मैले पटक पटक सुझावको रुपमा भन्दै पनि आएको छु की कोरोना संग खेलवाड नगरौं । यो रोग संग खेलवाड गरे ज्यान नै खतरामा जान सक्छ । भिडभाडमा नजाने जहाँ पायो त्यही नखाने , सावुन पानीले मिचि मिचि हात मुख धुने , माक्स लगाउने जस्ता काम गरे पनि कोरोना तपाई हामी संग आउँदैन । तातो बेसार पानी खाने बानी खाने बानी बसालौं ।

रोगबाट जोगिन सवै भन्दा पहिला आफू नै सर्तक रहनु पर्छ । आफू सर्तक रहे मात्र समाज सर्तक रहन्छ । कोरोना भनेको माहामारी रोग हो । यसवाट हामी सवै जोगिनु पर्छ । कसैले पनि अटेरि गरेर बस्नु हुदैन । यति बेला बढी प्रभावित भएका क्षेत्रका विद्यालयहरु बन्द छन । खासगरी निजी विद्यालयका सञ्चालक विद्यालय बन्द गर्न चाहेका थिएनन् । सरकारको निर्देशनले स्कुल बन्द गर्न बाध्य भएका छन । अहिले फेरि अनलाइन कक्षाहरु पुनः सुरु भइरहेका छन । यतिबेला कोभिड संक्रमणको आक्रमणमा बढी मात्रमा बालवालिका परेका छन ।

यो कुरा स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबाट १८ वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् । कोरोनाकै कारण हालै भक्तपुरस्थित एक विद्यालयका कक्षा ६ मा पढने ११ वर्षीय बालकको मृत्यु भइसकेको छ । यसकारण पनि अहिले शिक्षाक्षेत्र अत्यन्त संवेदनशील बनेको छ । सरकारले उपत्यकालगायत १४ जिल्लालाई अति प्रभावित जिल्लाका रूपमा राखेको छ । यी जिल्लामा केही समयका लागी विद्यालय बन्द भएका छन ।

अव यी क्षेत्रका कलकारखाना र उद्योगधन्दा बन्द गर्नुपर्ने विज्ञहरूको सुुुझाव छ । सुरक्षा सतर्कता भनेको साबुनपानीले बारम्बार हात धुने, मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने हो । महामारी सिर्जित विषम परिस्थितिको मूल्यांकन गरी त्यसको सामाना गर्न सवै एक हुनु पर्ने बेला आएको छ । हरेक कुराको बेला छँदै ठोस निर्णय लिन सक्नु पर्छ ।

अहिलेको सबैभन्दा बढी बुद्धिमत्तापूर्ण कदम भनेको स्कुल बन्द गरेर अनलाइन कक्षा सुरु गर्नु नै हो । यसमा अभिभावक खुसि भएका छन । कोरोनाको त्रासमा बालवालिकाहरुलाई स्कुल पठाउन अभिभावकहरुलाई समस्या थियो । अव यो रोग संग सवै मिलेर मुकाविला गर्नु बाहेक अर्को कुनै बिकल्प छैन । उच्च मनोवलका साथ यो रोग संग लडनु पर्छ । मनोबिज्ञान कमजोर बनाउनु हुदैन । कमजोर मनोबिज्ञानले आफैलाई सताउँछ । त्यसैले उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं ।

Tags

छुटाउनु भयो कि ?