कोभिड-१९

देशभर क्वारेन्टीन र आइसोलेसन तयारी अवस्थामा राख्नु, भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु:गृह मन्त्रालय

Lumbinikhabar Online

गृह मन्त्रालयले  देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टीन र आइसोलेसन तयारी अवस्थामा राख्न  परिपत्र   गरेको  छ  ।   कोभिड १९ कोरोना भाइरसको जोखिम फेरि बढे संकेत देखेपछि  गृह मन्त्रालयले  ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।  आज  चैत ११ गते कोरोनाले गर्दा लकडाउन  भएको दिन   आजै कै दिन फेरि गृह मन्त्रालयले फेरि आइसोलेसन र क्वारेन्टिन तयारीमा अवस्थामा राख्न भनेपछि  फेरि  देशमा लकडाउन हुन्छ कि भन्ने प्रश्न  यति  बेला  उठेको  छ ।

छिमेकी राष्ट्र भारतमा बढ्दै गएको  संक्रमणले नेपाललाई पनि  प्रभाव  पार्न सक्ने भएकाले मन्त्रालयले  देशभरका जिल्ला प्रशासन  परिपत्र गरेको   जनाइएको  छ  । परिपत्रमा भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउन मन्त्रालयले   ७७ वटै जिल्लामा  परिपत्र गरेको छ  ।

Tags

छुटाउनु भयो कि ?