टप खबर

मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माधव नेपाल समूह सहमत

Lumbinikhabar Online

प्रदेश नम्बर एक सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध संसदमा दर्ता भएको अविश्वासको फिर्ता लिने सहमति भएको हो। योसँगै मुख्य मन्त्री राईको पद पनि जोखिएको छ।

बुधबार मुख्यमन्त्री राईले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूहका नेताहरुले आफूहरु अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको जनाएका थिए। संसदीय दलको बैठकमा माधव नेपाल समूहबाट दुई जना सदस्य सहभागी भएका थिए।

उनीहरुले शीर्ष नेताहरुबीच प्रदेश एक र तीन नम्बरमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा शीर्ष नेताहरुबीच सहमति भइसकेकाले आफूहरुले पनि प्रदेश एकमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराएको माधव नेपाल समूहका प्रदेश सभा सदस्य राजेन्द्र राईले जानकारी दिए।

‘आज मुख्यमन्त्रीले बोलाउनु भएको दलको बैठकमा हाम्रो समूहबाट दुई जना सदस्य तुलसीप्रसाद अधिकारी र लिलावल्भव न्यौपाने सहभागी हुनु भएको थियो,’ राईले डिसी नेपालसँग भने, ‘उहाँहरुले शीर्ष नेताबीच दुवै प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति भएको जानकारी गराउनु भयो र केही दिनभित्रै अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी पनि गराउनु भयो।’

प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

Tags

छुटाउनु भयो कि ?