टप खबर

४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायाँकन गरी राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा

Lumbinikhabar Online

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकनगरी नेपाललाई विश्वमानै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको हो ।

सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरू बाद्यबादन र रेकर्डिङका लागि आवश्यक उपकरणसहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउँमा अडियो रेकर्ड तथा भिडियो छायाँकन सम्पन्नगरी ‘गोक्यो रि’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन् । भिडियो गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलमार्फत अपलोड भएको छ ।

कलाकारहरूले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकनगरी विश्व रेकर्ड बनाएका हुन् । उक्त गोक्यो रि गीतमा गायिका बबिना किराँतीको स्वर, गायक तथा सङ्गीतकार बिक्रम राईको सङ्गीत, मिलन किराँतीको शब्द, फनिन्द्र राईको सङ्गीत संयोजन रहेको छ भने साउन्ड ईन्जिनियर छिरिङ भोटेले अडियो रेकर्ड गरेका हुन ।

भिडियो निर्देशन दुर्लभ जन्तरे (बुद्धि राज राई)ले गरेका हुन भने भिडियोमा मोडेल तथा गायिकासमेत रहेको बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, र दश वर्षिय बाल कलाकार रायल राईलाई देख्न सकिन्छ । भिडियो छायांकन तथा एडिट ईसाक जबेगुले गरेका हुन भने क्यामेरा सहयोगिको रुपमा दुर्गा प्रसाद राई रहेका थिए । यस्तै लाईभ बाद्यबाधनमा गिटारिस्ट राजिब बैजु, मादल बिक्रम राई, बासुरी पावल राई तथा अक्टाप्याडमा बिक्रम गुरुङ रहेका छन् ।

गोक्यो रि नामक उक्त भिडियो निर्माता पर्यटन ब्यवसायी सञ्च बहादुर राई, मिडिया व्यावसायि तथा सिनेमाटोग्राफी राजन खरेल, बासुरी बादक पावल राई, र पर्यटन व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की रहेका छन् । यो सम्पुर्ण प्रोजेक्टको निर्देशक तथा सहजीकरण भने गिनिज बुक अफ वर्ड रेकर्ड होल्डर पुष्कर नेपालले गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?