टप खबर

चलचित्र ‘गोर्खा वारियार २’ को औपचारिक रुपमा निर्माण घोषणा

Lumbinikhabar Online

फाल्गुन १८ – मंगलबार होटल रेडिसनमा कार्यक्रम गर्दै औपचारिक रुपमा ‘गोर्खा वारियार २’ को निर्माण घोसणा गरियो। उक्त कार्यक्रममा युद्धमा ज्यान गुमाएका गोर्खाली सेनालाई श्रद्धान्जली स्वरुप सशस्त्र प्रहरीको एक टुकुडीले विगुल फुकेर कार्यक्रमको सुरुवात गरिएको थियो । देशको लागि सहिद भएका गोर्खाली सेनाको कथालाई समावेश गरि कहानी लेखिएको छ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमालाई मिलन चाम्स र पूर्ण लिम्बू सह-निर्माण गरेका छन् भने विका गुरुङ, विजय लामा, शिशिर वाङ्देल, बुद्धि तामाङ,  रेबिका राई, सारा राई, कविता आले, भुवन सिंह राई र विरुप घले लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । रितेश चाम्सले चलचित्रमा डेब्यु गर्दै छन् ।

पहिलो भाग बन्नु अघि नै छायांकन गर्न लागिएको चलचित्रलाई मलेसिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन गरिने छ । चलचित्रको पहिलो भागको लागि ठुलो बजेट चाहिने हुँदा दोश्रो भागलाई पहिला निर्माण गर्न लागेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

 

छुटाउनु भयो कि ?