टप खबर

राज्यमन्त्री मानन्धरले गिनीज वर्ल्ड रेकर्ड सर्टिफिकेट प्राप्त गरे

Lumbinikhabar Online

माघ २२ – सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, जसले चार घण्टा ५ मिनेट र बीस सेकेन्ड लगातार गीत गाउँदै गिनीज वर्ल्ड रेकर्ड स्थापित गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सामाजिक न्याय र भारतको सशक्तिकरण राज्यमन्त्री रामदास आठवलेले राज्यमन्त्री मानन्धरलाई प्रमाणपत्र हस्तान्तरण गरे। मन्त्री मानन्धरले डिसेम्बर २५, २०२० मा त्यस अवधिको गीत गाएका थिए। नेपाल र भारतको सम्बन्ध प्राचीन कालदेखि नै रहेको भन्दै राज्यमन्त्री मानन्धरले दुई देशबीचको सम्बन्धलाई अझ मैत्री बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।
दिल्ली अध्ययन केन्द्रले आज मन्त्री मानन्धरसँग अन्तर्क्रिया आयोजना गर्यो। भारतीय जनता पार्टी (भाजपा) का विदेश मामिला विभाग प्रमुख विजय जोलीले उक्त कार्यक्रमको समन्वय गरेका थिए।

Tags

छुटाउनु भयो कि ?