बलिवुड

बलिउडका ७ ठूला निर्माताहरुलाई अदालत उपस्थित हुन आदेश

Lumbinikhabar Online

अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा सीबीआइको अनुसन्धान अझै जारी छ । यही बीचमा उता बिहारको मुजफ्फरपुर अदालतले बलिउडका ७ ठूला निर्माताहरुलाई अदालत उपस्थित हुन आदेश दिएको छ । अधिवक्ता सुधीर ओझाले सुशान्त सिंह राजपुतको मृत्युपछि मुजफ्फरपुर सिजेएम अदालतमा १७ जुनमा मुद्दा दायर गरेका थिए जसमा करण जौहर, आदित्य चोपडा, साजिल नाडियावाल, संजय लीला भंसाली, भूषण कुमार, एकता कपूर र दिनेशलाई प्रतिवादी बनाइएको थियो ।

सुधीर ओझाले सुशान्तको मृत्युमा यी सबै जिम्मेवार भएको आरोप लगाएका थिए । यही मुद्दाको सुनुवाइका क्रममा जिल्ला एवं सत्र न्यायाधीश (अपर) राकेश मालवीयले आज यी सबैविरुद्ध नोटिस जारी गर्दै २१ अक्टोबरमा अदालतमा उपस्थित हुन आदेश दिएका हुन् । यसअघि ७ अक्टोबरमा मुजफ्फरपुनमा एडिजे प्रथमको अदालतमा सुनुवाइ भएको थियो । यस क्रममा सलमान खानका वकिल साकेत तिवारी उपस्थित भएका थिए । त्यतिबेला अधिवक्ता सुधीर ओझाले अन्य आरोपीविरुद्ध नोटिस पठाउन माग गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?