बिजनेस

दशैंमा नयाँ नाेट नसाटिने

Lumbinikhabar Online

कोरोना संक्रमण जोखिमका कारण यस वर्ष दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे हो ।

हिन्दू नेपालीहरुको महत्वपूर्ण चाड दशैंको विशेषता भनेकै राम्रो लगाउने र मिठो खाने, ठूलावडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोटको कुरा हुन आउँछ । तर नेपाल राष्ट्र बैंकले यस वषको दशैंका लागि नयाँ नोट निष्काशन नगर्ने भएको छ । कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको कारण राष्ट्र बैंक उक्त निष्कर्षमा पुगेको हो । नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्नसक्ने भन्दै केन्द्रीय बैंकले यस वर्ष दशैंको लागि नयाँ नोट नल्याउने निर्णय लिएको हो ।

अघिल्ला वर्षहरुका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने गरेको थियो । राष्ट्र बैंकले यस वर्ष फरक तरिकाले जस्तै बैंक तथा वित्तीय संस्था मार्फत लिइने भुक्तानी, निक्षेपको भुक्तानी, पारिश्रमिक भुक्तानी जस्ता माध्यमबाट नयाँ नोट परिचालन हुने र सो तरिकाबाट सर्वसाधारणले नयाँ नोट प्राप्त गर्न सक्ने जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?