कार्यक्रम

सिजन मिडियाले आगामी मंसिरमा नेशनल सोसल वयलफेयर अवार्ड २०२० आयोजना गर्दै

Lumbinikhabar Online

असोज १७ । लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले पुनः अर्को पुण्यको काममा हात हालेको छ । केही समय अघि मात्रै आफ्नो स्थापनाको ११ वर्ष पूरा गरेको यस मिडियाले सामाजिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई बेला बेलामा सम्मान गर्दै उनीहरुको कामलाई अझै हौसला प्रदान गर्दै आएको छ ।

मिडिया स्थापना भएको अवसर पारेर आगामी २०७७ साल मंसिरमा काठमाडौंमा ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ नामक सम्मान कार्यक्रम आयोजना गर्न लागेको सगौरव जानकारी गराउँदछ । उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा समाजिक व्यक्तित्वहरुलाई सम्मान गरिने छ । विशेष गरी कोभिड १९ को विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्थालाई यस पटक विशेष सम्मान गर्न लागिएको हो ।

विपदको समयमा सानो भन्दा सानो सहयोगले पनि ठूलो समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरुले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले सम्मान गरी उनीहरुको काम गर्ने सोच र सामाजिक दायित्वलाई बढावा दिन लागिएको छ । यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यस पटक सम्मानको सानो सगुन प्रदान गर्न गइरहेका छौ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए । ‘सबै नागरिकमा सामाजिक भावना जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ वन्तले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ । उनले सम्मानका लागि संसथाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनौट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मानित गरिने बताए । सधै जस्तै साथ र सहयोग प्रदान गर्दै आउनु भएका समाजिक व्यक्तित्व तथा हाम्रा मार्गदर्शकलाई पुनः हामी नमन गर्दै यस कार्यमा ययहाँहरुको साथ र सहयोग रहने समेत विश्वास व्यक्त गर्दर्छौ । सकारात्म्क सोच रार्खौ, सामाजिक दायित्व पूरा गरौ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ ।

Tags

छुटाउनु भयो कि ?