बिजनेस

महानगरका सबै वडामा मंगलबारदेखि राजश्व प्रणाली अनलाइनबाट

Lumbinikhabar Online

१० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन्। महानगरलाई बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन अनलाइन प्रणालीबाट भुक्तानी गरेका हुन्। महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट प्रणाली सञ्चालनमा ल्याएको हो।

सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरिएको थियो। यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व विभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए।

अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ। आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ। यसो भएमा असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणाली असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ ।

Tags

छुटाउनु भयो कि ?