फिल्म र संगीत

निर्देशक छेतेन गुरुङको निधन

Lumbinikhabar Online

भाद्र २४ – ‘प्रेमगीत–३’ का निर्देशक छेतेन गुरुङको निधन भएको छ। अभिनेता प्रदिप खड्काले फेसबुकमा स्टाटस लेख्दै निर्देशक गुरुङको निधन भएको पुष्टि गरेका छन्। कलेजोमा समस्या भएपछि निर्देशक गुरुङ दुई दिन अगाडी मेट्रो हस्पिटल, महाराजगंज अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो र आज उनको अन्तिम संस्कार गरिँदैछ ।

Tags

छुटाउनु भयो कि ?