टप खबर

घर र गाडी कर्जा ब्याजदर भुक्तानी गर्ने समयसम्म ब्याजदर परिवर्तन गर्न नपाइने

Lumbinikhabar Online

भाद्र २४ –      बैंक तथा वित्तीय संस्थाले घर र गाडी ब्याजदर भुक्तानी गर्ने समय सम्म ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन्। मंगलबार राष्ट्रिय बैंकले सार्वजनिक गरेको एकतावद्ध निर्देशनमार्फत सो व्यवस्था गरेको हो। निर्देशनमा , कर्जा भुक्तानी गर्न एक वर्षा भन्दा धेरै समय रहेको कर्जाको ब्याजदर परिवर्तन गर्न नपाइने जनाइएको छ। येदि ग्राहक आफैले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुदा परिवर्तनीय ब्याजदरमा कर्जा लिनु परेमा ग्राहकको आग्रहमा परिवर्तनीय व्याजदर कायम गर्नपाउनेछन। नेपाल राष्ट्र बैंकले ,निर्देशन जारि गर्नु अगाडी मासिक/त्रैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्न पनि निर्देशन दिएको छ।

 

 

Tags

छुटाउनु भयो कि ?